दफा २७
पदपूर्तिको विज्ञापन प्रकाशन गर्ने
(१) दफा २५ को उपदफा (१) बमोजिम पदसङ्ख्या निर्धारण भएपछि आयोगले खुला प्रतियोगिता तथा बढुवाद्वारा पदपूर्ति गर्न छुट्टाछुट्टै विज्ञापन प्रकाशन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रकाशन गरिने विज्ञापनमा दरखास्त फाराम बुझाउने म्याद, रिक्त पदसङ्ख्या, परीक्षा दस्तुर लगायत तोकिए बमोजिमका अन्य कुराहरू समेत खुलाउनु पर्नेछ ।